arrow

प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्धा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
prabhu-sah-rautahat-3-ind-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

गौर । पूर्वमन्त्रीसमेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीवकुमार यादवले साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् । 

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलाई विपक्षी बनाएका छन् । 

सांसद साहको निर्देशनमा आफूलाई घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिति सदस्यसमेत रहेका यादवको मुद्धामा चाँडै सुनवाइ हुने अदालतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ