- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । गत साउन २ गते बसेको बैठक हरेक दुई महिनामा बस्ने गरी टुङ्गिएकामा असोज २ गतेको साइत तोकिएको थियो ।
तर कांग्रेस पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक असोज २ बाट सरेर ४ गतेलाई आह्वान गरिएको छ ।
बैठक पार्टी मुख्यालय वीपीनगर सानेपामा असोज ४ गते दिउँसो १ बजेका लागि बोलाइएको हो ।
प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।