arrow

सीजी ब्राण्डले ग्राहकहरूलाई खुसी पार्न चाडपर्व अभियान सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
cg-dashain-campaign.jpg

काठमाडौँ। सीजी ब्राण्डले आफ्ना ग्राहकहरूलाई चाडबाडमा खुसी पार्न “सीजीले घर सजाऔँ, खुशीले चाड मनाऔँ” भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ। नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दसैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ। यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब्राण्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्नु हुनेछ।

ग्राहकहरूले रु ५६,४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन्। सीमित समयको लागि दिइएको यस योजना यही भाद्र २५ गते देखि नेपाल अधिराज्य भरी लागु गरिएको छ। यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ।

यो योजनाका आकर्षणहरू र थप जानकारीका लागि क्युआर कोड स्क्यानबाट गर्ने सकिने छ।  यो योजनामा उल्लेखित अफरहरू तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्राण्डका आधिकारिक डिलरहरूबाट सजिलै प्राप्त गर्न सकिन्छ। यो योजना सीजी ब्राण्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन्।

थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान कम्पनीले सुझाएको छ।  सीजी इलेक्ट्रोनिक्स अन्तरगत रहेको सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो। सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जाल मार्फत आफ्ना उपभोक्ताहरूलाई सेवा सुविधाहरू दिँदै आएको छ। गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ।

हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ साथै भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ। नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिन्छ।

सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो। जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो। सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्रान्डहरूसँग दाँज्न मिल्छ। यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ