arrow

गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औंशी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
aausi-2080-05-28 (13).JPG

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । 

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । 

आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । 

aausi-2080-05-28 (1).jpg
aausi-2080-05-28 (2).jpg
aausi-2080-05-28 (3).jpg
aausi-2080-05-28 (4).JPG
aausi-2080-05-28 (5).JPG
aausi-2080-05-28 (6).JPG
aausi-2080-05-28 (7).JPG
aausi-2080-05-28 (8).JPG
aausi-2080-05-28 (9).JPG
aausi-2080-05-28 (10).JPG
aausi-2080-05-28 (11).JPG
aausi-2080-05-28 (12).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ