arrow

नेम्वाङको पार्थिव शरीर बालुवाटारबाट पशुपति आर्यघाटमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
nemwang-parthib-sarir-2080-05-28 (10).jpg

काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अहिले दाह संस्कार हुँदैछ । पार्टी मुख्यालयबाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएकामा आज बिहान १० बजेपछि मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाएर अन्तिम संस्कारका लागि पशुपति लगिएको छ । 

गत सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीरलाई च्यासलस्थित एमाले पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएको थियो । हिजो दिउँसो पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको थियो । 

नेम्वाङका दुवै छोरा विदेशमा रहेकाले आउन ढिलाइ हुँदा नेम्वाङको दाहसंसकार अहिले गर्न लागिएको हो । 

उनका दुई श्रीमतीमध्ये कान्छी श्रीमतीका छोरा मंगलबार राति र जेठी श्रीमती पट्टीका छोरा बुधबार दिउँसो आइपुगेका थिए । 

नेम्वाङको पुशपति आर्यघाटमा केही बेरमै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । 

आज सार्वजनिक बिदा
 सरकारले आज सार्बजनिक बिदा दिएको छ । नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो । 

उनको हिन्दू र किराँत दुवै परम्पराअनुसार दाह संस्कार गरिने जनाइएको छ ।  

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन दाहसंस्कार गर्ने दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेकाले आज सार्वजनिक बिदा दिइएको हो ।

nemwang-parthib-sarir-2080-05-28 (1).jpg
nemwang-parthib-sarir-2080-05-28 (2).jpg
nemwang-parthib-sarir-2080-05-28 (3).jpg
nemwang-parthib-sarir-2080-05-28 (4).jpg
nemwang-parthib-sarir-2080-05-28 (5).jpg
nemwang-parthib-sarir-2080-05-28 (6).jpg
nemwang-parthib-sarir-2080-05-28 (7).jpg
nemwang-parthib-sarir-2080-05-28 (8).jpg
nemwang-parthib-sarir-2080-05-28 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ