arrow

पशुपति आर्यघाटमा राजकीय सम्मानसहित सुवास नेम्वाङको अन्त्येष्टि [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
nemwang-funeral-2080-05-28-.jpg

काठमाडौँ । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोराले दागबत्ती दिएका छन् । 

नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो । यसअघि पशुपति आर्यघाटमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए । 

त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाए । 

पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए । 

बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको थियो ।

मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो । 

आर्यघाटमा हजारौँको संख्यामा सर्वसाधारण पुगेका छन् । 

उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।

नेम्वाङका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । 

nemwang-funeral-2080-05-28-pashupati (1).jpg
nemwang-funeral-2080-05-28-pashupati (2).jpg
nemwang-funeral-2080-05-28-pashupati (3).jpg
nemwang-funeral-2080-05-28-pashupati (4).JPG
nemwang-funeral-2080-05-28-pashupati (5).JPG
nemwang-funeral-2080-05-28-pashupati (6).JPG
nemwang-funeral-2080-05-28-pashupati (7).JPG
nemwang-funeral-2080-05-28-pashupati (8).jpg
nemwang-funeral-2080-05-28-pashupati (9).jpg
nemwang-funeral-2080-05-28-pashupati (10).jpg
nemwang-funeral-2080-05-28-pashupati (11).jpg
nemwang-funeral-2080-05-28-pashupati (12).jpg
nemwang-funeral-2080-05-28-pashupati (13).jpg
nemwang-funeral-2080-05-28-pashupati (14).jpg
nemwang-funeral-2080-05-28-pashupati (15).jpg
nemwang-funeral-2080-05-28-pashupati (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ