arrow

राजमाता शिवगामीको जन्मदिन, श्रीदेवीको अनिच्छाले बनिन् सुपरस्टार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
ramya-krishnan-bahubali-shi.jpg

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री रम्या कृष्णनलाई आज राजमाता शिवगामी भनेर चिनिन्छ । सुपरहिट फिल्म बाहुबलीमा उनको भूमिकाका कारण उनले यो नाम पाएकी हुन् । आज जहाँ देखिए पनि उनलाई राजमाता शिवगामी भन्ने गर्छन् ।

रम्यालाई यो नाम दिलाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा श्रीदेवीलाई प्रश्रेय जान्छ । सन् २०१५ मा उनले फिल्म ‘बाहुबली’ मा शिवगामीको भूमिकाबाट निकै चर्चा पाएकी थिइन् । तर यो भूमिकाका लागि सबैभन्दा पहिले श्रीदेवीलाई प्रस्तव गरिएको थियो ।

श्रीदेवीले यो भूमिकाका लागि ठूलो रकम मागेकी थिइन् । त्यति रकममा श्रीदेवी अभिनय गर्न अनिच्छा देखाएपछि राम्यालाई सो भूमिका अफर गरिएको थियो । सो भूमिकापछि राम्याले विश्वभर चर्चा पाएकी हुन् ।

 फिल्म उद्योगमा ३० वर्षभन्दा बढी समय बिताएपछि राम्याको करियरमा यति ठूलो परिवर्तन आएको हो । आफ्नो दमदार अभिनयका लागि परिचित रम्या आज आफ्नो ५३ औँ जन्मदिन मनाइरहेकी छिन् ।

राम्याको जन्म ५ सेप्टेम्बर १९७० मा चेन्नईमा भएको थियो । रम्या १४ वर्षको उमेरदेखि नै चलचित्र क्षेत्रमा सक्रिय छिन् । १४ वर्षको उमेरमा उनले तमिल फिल्म ‘वेल्लई मनसु’ बाट डेब्यू गरेकी थिइन् । उनको उक्त फिल्म सन् १९८४ मा रिलिज भएको थियो ।

क्रोधित र राउडी क्यारेक्टर खेल्नुका साथै रम्या आफ्नो बोल्ड स्टाइलका लागि पनि चिनिन्छिन्। साउथसँगै रम्याले बलिउडमा पनि काम गरिसकेकी छिन्, उनले सन् १९९३ मा यश चोपडाको फिल्म ‘परम्परा’ र डेभिड धवनको ‘बनारसी बाबु’, ‘बडे मियाँ छोटे मियाँ’ मा काम गरिसकेकी छिन् । हालै उनको फिल्म लिगर पनि रिलिज भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ