arrow

चाडपर्वलाई भव्य बनाउन टीसीएलले ल्यायो 'सेलिब्रेट ग्रेटनेस' योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
tcl-festive-2080-05-30.jpg

काठमाडौँ । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले यो दशैँ, तिहार तथा छठलाई लक्षित गरेर 'सेलिब्रेट ग्रेटनेस'योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्ने सीजी इलेक्ट्रोनिक्सले जनाएको  छ । ग्राहकहरुले 'सेलिब्रेट ग्रेटनेस' योजना अन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा रु. ४४ हजार ७०० सम्मको आकर्षक छुट पाउन सक्ने पनि कम्पनीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 

त्यस्तै वाशिङ मेसिन खरिदमा रु. १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन । यसका साथै ग्राहकहरुले टीसीएलको सम्पूर्ण क्याटागोरीको  एयर कन्डिसनरको खरिदमा रु. ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु चार हजार बराबरको निःशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन् । 

र ग्राहकहरुले टीसीएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा रु. ३१ हजार ८०० सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् । साथै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ । 
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लैजान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले "सीजी लोयल्टी क्लब" को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्ने भएका छन् । 

यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण  नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौँभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु, नयाँ बजार र काठमाडौँ बाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ