- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वको पहिलो मिथेनोलबाट चल्ने कन्टेनर जहाज शुरु भएको छ ।
यो जहाजले ६५ प्रतिशत प्रदूषण उत्सर्जन कम गर्ने बताइएको छ ।
थप २० मिथानोल सञ्चालित जहाजको योजना घोषणा गरिएको छ ।
यी जहाज २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा जहाजको नाम ‘लौरा मार्स्क’ राखेकी छन् ।
उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरू सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गरिन् ।
उनले चालक दलका सदस्यहरुमा यसले खुसीयाली ल्याउने विश्वास व्यक्त गर्दै यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताइन्।