arrow

लगातार हारले चिप्लियो पाकिस्तानको शीर्ष वरीयता, भारत दोस्रोमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
asia-cup-cricket-nepal-pakistan-2023-08-30x.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एसिया कप क्रिकेटमा लगातार दोस्रो हार बेहोरेपछि पाकिस्तानको एक दिवसीय शीर्ष वरीयता छिनिएको छ । 

एसिया कप खेल्नुअघि शीर्ष वरीयतामा रहेको पाकिस्तान एसिया कपमा लगातार दुई हारपछि तेस्रो स्थानमा झरेको हो । 

पाकिस्तान झरेपछि दोस्रो स्थानको अष्ट्रेलिया पहिलो वरीयतामा पुगेको छ भने एसिया कपको अपराजित भारत दोस्रो स्थानमा पुगेको छ । 

अष्ट्रेलियाको रेटिङ ११८ रहेको छ भने भारतको ११६ तथा पाकिस्तानको ११५ रहेको छ । 

नेपाल १५ औँ स्थानमै यथावत् रहेको छ । नेपालले एसिया कपमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ