arrow

तिमी विद्यार्थी 

logo
उमा गौतम,
प्रकाशित २०८० भदौ ३० शनिबार
uma-gautam-2080-05-30.jpg

तिमी विद्यार्थी अनुशासित
तिमी विद्यार्थी संस्कारी
तिमी विद्यार्थी ज्ञानी
तिमी विद्यार्थी सरस्वतीको स्वरूप ।

पढ, ज्ञान लेऊ
पढ, दीक्षा लेऊ 
पढ, संस्कार लेऊ
पढ, उद्धेश्य लेऊ ।

तिमी भोलिका देशका कर्णधार
जे बन पहिलो बन 
डाक्टर बन 
इञ्जिनियर बन
पाइलट बन 
अफिसर बन 
शिक्षक बन 
तर पहिलो बन ।

याद राख चन्द्रमामा पटक पुग्ने
नील आमष्ट्रङ चिन्छौ, दोस्रो चिन्दैनौ 
सगरमाथा पहिलो पाइला राख्ने 
तेन्जिङ शेर्पा र एडमण्ड हिलारी चिन्छौ, 
दोस्रो चिन्दैनौ 
जुन्को ताबेई बन 
पासाङ ल्हामु शेर्पा बन ।

पढाइमा निरन्तर दौडिराख
क्षमता अभिवृद्धिमा निरन्तर लागिराख 
उसेन बोल्ट बन 
पेले, मेस्सी, एम्बाप्पे बन 
कोहली, मिथाली, मेरी कोम बन 
संगीना बन, दीपक विष्ट बन ।

बस्, पढ पढ पढ
लक्ष्य अनुसार पढ 
अभ्यास गर 
गुरूमन्त्र पढ
देशको नाम फैलाऊ ।
                                                               (गौतम शिक्षिका हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ