arrow

जवानको सफलतापछि 'डन ३' तयारीमा शाहरुख

९ दिनमा ४ सय करोडको कमाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
saharukhs.jpg

काठमाडौं । बलिउड अभिनेता  शाहरुख खानको  फिल्म ‘जवान’  सुपरहिट भएको छ । 

फिल्मले ९ दिनमा ४१० करोड भारतीय रुपैयाँ कमाएको छ ।  

३ सय करोडको बजेटमा बनेको ‘जवान’ ले ९ दिनमा ४ सय करोडको कमाई गरेपछि शाहरुख  सफलताको मजा लिइरहेका छन् ।  

फिल्मको कथादेखि लिएर शाहरुख खानको एक्सनसम्म दर्शकले मन पराएका छन् ।  

योसँगै ‘जवान’ पछि शाहरुख खान फिल्म ‘डन ३’ को सुटिङ हुने आकलन हुन थालेको छ । 

'जवान' को सफलतापछि गए राति फिल्म निर्माताहरूले एक भव्य पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

जसमा शाहरुख  नयाँ हेयरस्टाइलमा पुगेका थिए । 

उनको यो नयाँ लुक्सलाई लिएर ‘डन ३’ को सुटिङ हुने आकलन भएको हो । 

यस विषयमा शाहरुखले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ