arrow

असोजका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
bank-interest.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ । कतिपय बैंकले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर बढेको छ ।  

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले असोजका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् । 

हालसम्म असोजका लागि १९ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ८ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटाएका छन् । 

यता ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ४ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

सबैभन्दा धेरै ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर दिने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ