arrow

नाइस नेपाल गार्मेन्ट उद्योगको अध्यक्षमा पुनः श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
Ran shrestha.jpg

पोखरा । पर्यटकीय नगरी पोखरामा गार्मेन्टका समान तयार गरी बजारमा विक्री वितरण गर्दै आएको नाइस नेपाल गार्मेन्ट उद्योग प्रालिको अध्यक्षमा पुनः रननारायण श्रेष्ठ निर्वाचित भएका छन् । 

प्रालिको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई नै निरन्तरता दिएको हो । 

सञ्चालक समितिमा रहने पदाधिकारी चयन गर्ने अधिकार भने अध्यक्षमा रहेको छ ।

यसैबीच प्रालि आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उद्योगी र व्यवसायीबीच अन्तरक्रिया गरिएको छ । 

पोखराको लेकसाईडमा २०७३ साल भदौदेखि १० जना व्यवसायीले संयुक्त रुपमा नेपाली उत्पादनलाई प्राथमिकता दिई उद्योगको सुरुवात गरिएको कार्यक्रममा जानकारी गराइयो ।

अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उद्योगबाट पोखराको पहिचान झल्काउने किसिमका सामाग्रीहरू तयार गर्नुपर्ने आवश्यकता औंल्याए ।

उद्योगी, व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नु आवश्यक भएको भन्दै उनले पोखरा उद्योग वाणिज्य संघ निरन्तर उद्योगी, व्यवसायीका पक्षमा रहेको बताए ।

उद्योगबाट उत्पादित समानको प्रवर्द्धनका लागि संघले पोखरामा गर्दै आएको मेलाको आगामी संस्करणमा नि:शुल्क व्यपारिक कक्ष (स्टल) उपलब्ध गराउने उनले बताए ।

संविधानसभा सदस्य परशुराम रम्तेलले नेपाली वस्तुको उत्पादनका माध्यमबाट आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान गर्नु आँफैंमा महत्वपूर्ण रहेको बताए ।

उद्योगका अध्यक्ष रननारायण श्रेष्ठको अध्यक्षता एवम् सचिव गोकर्ण लम्सालले सञ्चालन गरेको कार्यक्रममा स्वागत शेयर सदस्य टीकाबहादुर लम्सालले गरेका थिए ।

संस्थाको वार्षिक प्रतिवेदन गोकर्ण लम्सालले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नाइस नेपाल गार्मेन्ट उद्योगका निवर्तमान अध्यक्ष कमलबहादुर सापकोटा, इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारी, एगाका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोख्रेल, एगाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष बेदप्रकाश पाण्डे लगायतले नेपालको चिनारी दिने समाग्री तयार गरी गार्मेन्ट उद्योगका माध्यमबाट व्यवसायीहरूले सरकारको विना लगानी नै नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने गरेको बताएकाख थिए । 

उक्त अवसरमा उद्योगले उत्पादन गरेका समान अधिकतम विक्री वितरण गरी व्यापार प्रवर्द्धनमा योगदान गरेको भन्दै शालिकराम भट्ट, एकनारायण श्रेष्ठ, शिवराम श्रेष्ठ, नारायणप्रसाद पोख्रेल र यमनाथ सुवेदीलाई सम्मान गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ