arrow

ग्राहक खुशी पार्न सीजी स्मार्ट घरेलु उपकरणले थाल्यो चाडपर्व अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
cg-khusi-badau-2080.jpg

काठमाडौँ । नेपालको ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी ब्राण्डले दशैँ र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ । 

‘सीजीले घर सजाऔँ खुशीले चाड मनाऔँ’ शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरु दिनेछ । 

सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्नेछन् । 

यो पर्व सीजी ब्राण्डको कुकिंग सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुनेछ । सिमित समयको लागि दिइएको यस योजना गत भदौ २५ गतेदेखि नेपालभर लागू गरिएको छ ।

यस योजनाका अन्य  आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्ने सीजीले जनाएको छ । यो योजनाका आकर्षणहरु र थप जानकारीका लागि क्यूआर कोड स्क्यान गर्नुपर्ने पनि सीजीले जनाएको छ ।  
यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुनेछ ।

थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सकिने पनि सीजीले जनाएको छ । 

सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजालमार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिँदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै, सीजी ब्राण्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ । 

हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरूमार्फत उत्कृष्ट उत्पादन र सेवा दिदै आाएको छ साथै भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै ई–कमर्स प्लेटफर्मले सुसज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिने सीजीले जनाएको छ ।  सीजीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो । सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ । यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ