arrow

सलमानकी हिरोइन जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
Zareen_Khan.jpg

काठमाडौं । सलमान खानको ‘वीर’ फिल्मकी अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ  । 

जरिनविरुद्ध कोलकाताको सियालदह अदालतले पक्राउ पूर्जी जारी गरेको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार यी वारेन्टहरू सन् २०१८ को एउटा घटनाहरुसँग सम्बन्धित छन्। 

अभिनेत्रीलाई ६ कार्यक्रममा नगएको आरोप लागाइएको छ । 

यस सम्बन्धमा नायिकाविरुद्ध नार्केलडांगा प्रहरी चौकीमा उजुरी परेको थियो ।

नायिकालाई नार्केलडांगा प्रहरी चौकीले सम्पर्क गर्ने प्रयास गरे पनि उनीसँग कुरा हुन सकेन । 

नार्केलडांगा प्रहरीले सियालदह अदालतमा आरोप पत्र बुझाएको थियो । 

त्यसपछि अदालतले अभिनेत्री विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

५ वर्ष पुरानो मुद्दामा जारी यो पक्राउ पुर्जीबाट अभिनेत्री चिन्तित छिन् ।

साथै खबर बाहिर आएपछि अभिनेत्रीका फ्यानहरू निकै निराश देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ