arrow

पठान र जवानको रेकर्ड तोड्दैछ शाहरुखको यो फिल्मले

एकै वर्ष ३ हजार करोड कमाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
sarukh-jawan-pathan.jpg

काठमाडौं ।  दुई फिल्मको सफलता पछि शाहरुखले पुनः आफूलाई बलिउडमा प्रमाणित गरेका छन् । लामो समयपछि सिनेमामा फर्किएका शाहरुख ‘पठान’को कमाइपछि  विगतको चार वर्ष बिर्सेको बताएका थिए । 

 पहिले ‘‘पठान’ र त्यसपछि ‘जवान’ मार्फत शाहरुख खानले बलिउडमा २ हजार करोड भारतीय रुपैयाँ कमाइ नजिक  छन् । अव उनको तेस्रो फिल्म  ‘डंकी’ रिलिज हुदैछ । जसले यी दुवैको रेकर्ड तोड्ने बताइएको छ । 

‘जवान’ले यस वर्षको जनवरीमा रिलिज भएको आफ्नै फिल्म ‘पठान’सँग पनि प्रतिस्पर्धा गर्दैछ। सिद्धार्थ आनन्द निर्देशित ‘पठान’ बक्स अफिसमा सुपर हिट भयो ।  जसले विश्वभर  १ हजार ५५  करोड भारतीय रुपैयाँ र भारतमा ५४३ करोड भारतीय रुपैयाँ कमाएको थियो।  फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम पनि मुख्य भूमिकामा थिए। 

सेप्टेम्बर ७ मा रिलिज भएको शाहरुख खानको दोस्रो फिल्म ‘जवान’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । एटली कुमारद्वारा निर्देशित फिल्म ‘जवान’ले १२ दिनमा भारतमा ४९३.६३ करोड भारतीय रुपैयाँ कमाएको छ । 

विश्वभर ८७० करोड भारतीय रुपैयाँको कमाइ गरेको छ ।  फिल्मले ९ दिनमै ४१० करोड भारतीय रुपैयाँ कमाएको थियो ।   शाहरुख खान स्टारर ‘जवान’  फिल्ममा  नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरैशी, रिद्धी डोग्रा, सुनील ग्रोवर, दीपिका पादुकोण र सञ्जय दत्तको पनि अभिनय रहेको छ । 

३ सय करोड भारतीय रुपैयाँको बजेटमा बनेको ‘जवान’  को कमाइपछि शाहरुख  सफलताको मजा लिइरहेका छन् ।   फिल्मको कथादेखि लिएर शाहरुख खानको एक्सनसम्म दर्शकले मन पराएका छन् ।  

अब क्रिसमसको अवसरमा शाहरुख खान ‘डंकी’ मार्फत सिल्भर स्क्रिनमा देखिने भएका छन् । शाहरुखको फिल्म ‘डंकी’लाई राजकुमार हिरानीले निर्देशन गर्दैछन् ।  यस फिल्ममा शाहरुखसँग अभिनेत्री तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् । 

हालै ‘जवान’का निर्देशक एटली कुमारले ‘डंकी’को बारेमा प्रतिक्रिया दिएका छन् ।  एटली कुमारका अनुसार  'डंकी' ले ‘पठान’ र ‘जवान’ दुवैको रेकर्ड तोड्ने छ।  उनले शाहरुखले एकै वर्ष ३ हजार करोड भारतीय रुपैयाँको फिल्म दिने बताएका छन् ।  जुन अरू अभिनेताबाट सम्भव छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ