arrow

नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
soaltee-white-noodles.jpg

काठमाडौँ। व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरूको विस्तारलाई निरन्तरता दिँदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ। कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरूको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ।

बहु उपयोगी र स्वस्थका हिसाबले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउको मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुव्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरू चाउचाउ भन्दा पृथक् रहेको कम्पनीले जनाएको छ।

कुरिलो फाइबरको एक प्रमुख स्रोत हो, जसले पाचन प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्दछ। साथै, कुरिलो भिटामिन र मिनरल्सको प्रमुख स्रोत पनि हो।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्टनूडल्सको उपभोक्ता मूल्य रु २५ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य रु २० रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ