arrow

ब्ल्याक प्लस डेकरले ल्यायो बडादशैँ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
black-plus-deker-.jpg

काठमाडौँ । ब्ल्याक प्लस डेकरले ग्राहकको लागि बडादशैँको उपलक्ष्यमा एउटा सुनौलो अवसर ल्याएको छ । जसमा ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरीद गर्दा हरेक हफ्ता उपहार र बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीले भनेको छ– ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरीद गरी हरेक हप्ता एक जना भाग्यशाली विजेताले जित्नेछन् । 

त्यति मात्र नभई सम्पूर्ण अवधिमा ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरण खरीद गर्ने ग्राहकमध्ये एक जनाले बम्पर उपहारको रूपमा जित्न सक्नेछन् । 

त्यस्तै एक जोडीका लागि दुबई भ्रमण गर्ने मौकासमेत रहेको कम्पनीले जनाएको छ । 

यसको विक्रेता चौधरी ग्रुपले भनेको छ, ‘यस अवसरको पूरा फाइदा उठाउनलाई सीजी इलेक्ट्रोनिक्सको कुनै पनि शोरुममा गएर ब्ल्याक प्लस डेकरको उपकरण खरीद गर्नुहोस र यस उपलक्ष्यमा भागेदार भइ आफ्नो दशैँ उपहरमय बनाउनुहोस् ।’

यस योजनामा सहभागी हुनलाई विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भर्न पनि कम्पनीले आग्रह गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ