arrow

मदनकृष्ण श्रेष्ठ भन्छन् -  पहिलेको दाँजोमा नराम्रो कामले धेरै जित्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
madan-krishna-shrestha.jpg

काठमाडौं ।  देशमा पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बताएका छन् । उनले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको भन्दै अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे ।

उनले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गरे । उनले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर त्यो बेला पनि भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद थियो । त्यति पनि अब हुँदैन भन्ने लाग्यो । तर अहिले झनै धेरै विकृति बढ्यो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ