arrow

एलजी फ्ल्यागसिप शोरुम पुनः सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
lg-showroom-minbhawan-reopen.jpg

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेड पश्चात् पुनः सुरु भएको छ। नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरू जस्तै एलईडी टिभी, धुने मेसिन, फ्रिज, डिशवाशर, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरच लगायत अरू थुप्रै सामाग्रीहरू उपलब्ध छन्।

राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्राण्डको पहिलो शोरुम हो। ग्राहकहरूले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन्। यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहने कम्पनीले जनाएको छ।

यस एलजी शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ० प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ। साथै एचयमगअत उत्पादन लाइभ डेमो, कुकिंग क्लास र रोकथाम मर्मत सेवाको पनि व्यवस्था गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ