arrow

राजा बनेपछि चार्ल्स तृतीय पहिलो राजकीय भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
king-charles-III.jpg

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमणमा निस्किएका छन् । 

युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बाबजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उद्देश्यका साथ पुनः निर्धारित भ्रमण हो ।

चार्ल्सले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनमा राजा बनेपछि चार्ल्सको पहिलो विदेश भ्रमण हुने अनुमान गरिएको थियो ।
 
तर पेन्सन सुधारको विरोधमा फ्रान्समा व्यापक दङ्गा र हडतालका कारण यसलाई स्थगित गरिएको थियो ।

सन् १७८९ को क्रान्तिमा राजतन्त्रको अन्त्य गरी राजालाई मृत्युदण्ड दिएको देशमा राजधानी पेरिस र दक्षिण पश्चिमी शहर बोर्डोको मूल यात्रा कार्यक्रम धेरै हदसम्म परिवर्तन भएको छैन ।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजा चार्ल्स र उनकी पत्नी (रानी) क्यामिलालाई पेरिसको ओर्ली विमानस्थलमा स्वागत गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ