arrow

आन्दोलित शिक्षकसँगको वार्ता

निष्कर्ष बिनै सकियो, शुक्रबार पुनः वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
sikchak-barta.jpg

काठमाडौँ । आज साँझ गृह मन्त्रालयमा भएको आन्दोलित शिक्षकसँगको वार्ता निष्कर्ष बिनै सकिएको छ । 

 सरकारले शिक्षक महासङ्घका पदाधिकारीसँग शुक्रबार पुनः वार्ता गर्ने भएको छ ।

भोलि वार्ता समितिको निष्कर्ष मन्त्रीहरू सम्मिलित उच्चस्तरीय सरकारी टोलीमा पेस गरेर अन्तिम रूप दिइनेछ । 

आजको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाश शरण महत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागि थिए। 

त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ