arrow

शिक्षक- सरकार वार्ता

दुवै पक्ष आन्तरिक तयारीमा, वार्ताको समय सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
sikchak-barta.jpg

काठमाडौं । शिक्षक- सरकार वार्ताको समय सरेको छ । आन्तरिक छलफलका लागि भन्दै सरकारले थप समय मागेपछि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ताको समय सरेको हो ।  

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरूसँग सरकारले छलफल गर्ने भने पनि आन्तरिक छलफलमा दुवै टोली जुट्ने भन्दै वार्ता समय सारिएको हो । 

बिहान ९ बजे नै आन्दोलनरत शिक्षकका प्रतिनिधिहरू छलफलका लागि सिंहदरबार पुगेका थिए । तर आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग छलफल गरेपछि शिक्षकसँगको वार्ताको समय लम्बिएको हो ।  

दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ता समय सरेको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए । उनले वार्ताका लागि दुवै पक्ष आन्तरिक तयारीमा जुटेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ