arrow

२०५२ सालदेखि २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गयो : दमननाथ ढुङ्गाना [भिडियो]

राजतन्त्र फालेर राम्रो के भयो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
damannath-dhungana.jpg

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाले ०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय जम्मै खेर गएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

 उनले राजतन्त्र फालेर के राम्रो भयो भनि प्रश्न समेत गरेका छन् ।उनले वीपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए । उनले संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिस ढाँचामा राजतन्त्र राख्ने पक्षमा वीपी भएको बताए । उनले राजतन्त्र फालेर पनि अहिलेसम्म राम्रो गर्‍यौँ भन्ने ठाउँ नरहेको बताए ।

उनले भने, ‘मेरो अनुभवले यो भन्छ की २०५२ सालदेखि यो २०८० सम्मको हाम्रो राष्ट्रिय समय जम्मै खेर गएको छ । राजा फाल्ने कुरा कुन ठूलो कुरा थियो ? त्यो संविधानले सक्दैन थियो । राजासँग हामी लडेका थिएनौँ ? वीपी कोइरालाको विचार हेर्नुस् त । उहाँले राजालाई संविधान सभा भित्र बस्छौ की बस्दैनौ ? भनेर समय समयमा अल्टिमेटम दिनुभएको थियो । बस्दैनौ भने राजतन्त्र जान्छ भन्नुभएको थियो । यो माओवादीले फालेको हो र ? वीपीको विचारले फालेको हो । वीपी फालिहाल्नेमा हुनुहुन्न थियो । संवैधानिक राजतन्त्र भएर अक्षरशः ब्रिटिस ढाँचामा राजा रानीको ढाँचामा हाम्रो राजतन्त्र बस्छ भने हामी राख्छौँ । होइन भने फाल्छौँ भन्नुभएको थियो । त्यस कारण यो माओवादीले फालेको होइन । फालेर राम्रो गर्‍यो त ? त्यो पो चाहियो छ ।’

कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं एमाले नेता अग्नि खरेलले संविधान संशोधनको मामिलालाई धेरै नकारात्मक रूपमा लिँदा २०४७ सालको संविधानको हालत जस्तै हुने बताए । उनले २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐनले अहिलेको सङ्घीयताको भन्दा बढी स्थानीय तहमा अधिकार दिएको बताए । उनले तर संविधानका कतिपय चिजमा संशोधन गर्न तयार नहुँदा संविधानमाथि नै प्रश्न उठेर परिवर्तन गर्नुपरेको बताए । उनले संविधान संशोधन जरुरी रहेको र सङ्घीयतालाई अझै पनि परीक्षण गर्न जरुरी रहेको बताए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ