arrow

खुसीको समय चोपडा परिवार दुःखी

बहिनी परिणीति विवाहमा प्रियंका सहभागी नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
priyanka-praniniti.JPG

काठमाडौं । अभिनेत्री परिणीति चोपडाको विवाहमा प्रियंका चोपडा सहभागी नहुने खबरहरू बाहिरिएको छ । परिणीतिको आम आदमी पार्टी (आप) का नेता राघव चड्डासँग भोलि आइतबार विवाह हुदैछ । 

उदारपुरमा विवाहको संस्कार सुरु भइसकेको छ । परिणीति र राघवको विवाहमा पाहुना आउन थालेका छन् तर अहिलेसम्म परिणीतिकी दिदी प्रियंका भारत आएकी छैनन् । 

भारतीय सञ्चारमाध्यमले प्रियंका परिणिती विवाहमा सहभागी नहुने दाबी गरेका छन् । प्रियंकाले आफ्नो आधिकारिक इन्स्टाग्राम खाताको स्टोरीमा एक नोट साझा गरेकी छिन् । जसमा अभिनेत्रीले आफ्नी बहिनीलाई उनको विवाहको लागि बधाई दिएकी छिन्। 

यसअघि निक जोनस आफ्नी सालीको बिहेमा नआउने भएका थिए । अब प्रियंका चोपडा पनि आफ्नो कामको कमिटमेन्टका कारण यो बिहेमा नआउने भनिएको छ । 

परिणीति र राघवले वैशाखको अन्तिम साता कपुरथला हाउस, नयाँ दिल्लीमा एक विशेष समारोहका बीच इन्गेजमेन्ट गरेका थिए । बहिनीको इन्गेजमेन्टमा प्रियंका सहभागी थिइन् । प्रियंका चोपडा आफ्नी बहिनी परिणीतिसँग निकै नजिक छिन् । दुईबीच राम्रो सम्बन्धन छ । तर प्रियांका नआउने खबरले चोपडा परिवार दुखी भएको छ । 

सन् २०१८ मा प्रियंकाको विवाहमा परिणीतिले सक्दो सहयोग गरेकी थिइन् । भने आफ्नो विवाहका लागि परिणीतिले प्रियंकालाई काम पनि छुट्याकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ