arrow

मदनकृष्णको चिन्ता :  कला र संस्कृतिमा विकृति बढ्दै गयो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
madan-krishna-shrestha.jpg

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  शनिबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए ।

 उनले कला र संस्कृतिको जगेर्ना गरे मात्रै हाम्रो पहिचान कालान्तरसम्म रही रहने बताए । उनले श्रष्टाहरुले आफ्ना सिर्जनाहरू कालजयी हुने गरेर सिर्जना प्रस्तुत गर्नुपर्ने बताए ।

उनले भने, ‘पहिलाको परम्परा, गीत, सङ्गीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसङ्गति बढी रहेको छ । यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्परा र रितिरिवाजमा लाग्नुपर्छ । हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सके मात्रै हाम्रो पहिचान रहन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ