arrow

किसानहरुले नविन घाँस खेती गरेर दूध उत्पादन बढाए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
grass-cut.jpg

काठमाडौं । रुवाण्डाका केही पशुपालक किसानहरुले मुख्य रुपमा घाँस खेतीमा केन्द्रित नविन खेती अभ्यासहरु अपनाइ दुध उत्पादनमा वृद्धि गरेका छन् ।  पूर्वी प्रान्तको न्यागातारे जिल्लाका स्थानीय पशुपालक किसान लिभिङस्टोन एबियिंगोमा र थोमस रुकेराले विभिन्न प्रकारका घाँस खेती गरेर गाईको दुधमा वृद्धि गरेको बताए । 

उनीहरुले आफ्नो परिवार पाल्न र छोराछोरीलाई शिक्षामा सहयोग गर्न दुध उत्पादनले उल्लेख्य भुमिका खेलेको बताए । एबियिंगोमाले शुरुमा सुख्खा मौसममा कम दुध उत्पादनका कारण चुनौतिहरुको सामना गर्नुपरेको बताए । 

यद्यपी उनले गाईको खानेकुराको खेती गर्न रुवाण्डा कृषि तथा पशु श्रोत विकास बोर्डको रुवाण्डा डेरी विकास परियोजनाको सहयोगमा दुध उत्पादनमा वृद्धि गरेको बताए । उनले घाँस खेतीअघि आफूले बिहान ४ लिटर र बेलुका दुई लिटर गरी ६ लिटर दुध दैनिक उत्पादन गर्ने गरेपनि घाँस उब्जाएपछि बिहान १५ लिटर र बेलुका ८ लिटर दुध बढेको बताए ।

रुकेराले दुध उत्पादन वृद्धि गर्नुका साथै गाईको घाँस र बीउ दुवै बेचेर आम्दानी बढाएका छन् । यसले आफ्नो आयश्रोतमा वृद्धि गरेको बताए । घाँस नलगाएको भए गाईले दुध दिन बन्द गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ