arrow

नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
chamber-china-visit-2023.jpg

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रूपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ। सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अध्यक्ष मल्लले बताए।

अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरेका थिए। अध्यक्ष मल्लले भने, ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खास गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु।’ सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्त्वपूर्ण हुने उनको भनाई छ।

अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरूमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड समेत दिए।

नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलन सम्बन्धी सहमति महत्त्वपूर्ण भएको बताए। नेपालमा पूर्वाधार विकास, पर्यटन, जल विद्युत् लगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए।

सहमतिका क्रममा चेम्बर अध्यक्ष मल्ल सहित निवर्तमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरू दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ