arrow

केन्ट आरओको दसैँ-तिहार २०८० अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
cg-eol-kent-ro-festive-schems.jpg

काठमाडौँ। ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेकट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

भारत र नेपालमा पानी शुद्धि करणका बजारमा ग्राहकले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैँ र तिहारलाई लक्षित गर्दै “यो दसैँ तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अङ्गालौँ” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओमोडलको खरिदमा सिजी ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप  प्रदान गरिएको छ।

यो ग्राहक योजना भाद्र २८, २०८० देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको छ। आज सफा पिउने पानी आवश्यकता बनेको छ। प्रत्येक वर्ष लाखौँ नेपाली पानीजन्य रोगहरूले सङ्क्रमित हुन्छन् र हजारौँले आफ्नो ज्यान गुमाउँछन्। तपाईँले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ।

साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनेहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्त्वपूर्ण आवश्यकता भएको छ।

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू-डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ