arrow

'मैदान'मा अजय देवगन

बोनीले खोले रिलिजको मिति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
ajaya-devgan-maidan.JPG

काठमाडौं । बलिउड अभिनेता अजय देवगनको फिल्म 'मैदान' रिलिजको तयारीमा छ । 

गत वर्ष उनले आफ्नो सुपरहिट फिल्म ‘दृश्यम २’ बाट हलचल मच्चाएका थिए । 

अहिले अभिनेता 'मैदान'का कारण चर्चामा छन् । यो चलचित्रलाई दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । 

तर यसको रिलिजमा ढिलाइ भइरहेको छ । 

अब बोनी कपूरले अजय देवगनको 'मैदान' को रिलिज चाडै हुने बताएका छन् ।

अजय देवगनको फिल्म 'मैदान' सन् १९५२ देखि १९६२ सम्मको भारतीय फुटबलको स्वर्ण युगमा आधारित खेलकुद फिल्म हो। 

अजयले पौराणिक फुटबल प्रशिक्षक सैयद अब्दुल रहीमको भूमिका निभाएका छन् । 

जसको नेतृत्वमा भारतले १९५१ र १९६२ मा एसियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ