arrow

कांग्रेसले भन्यो - संसद्मा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन हुन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
ramesh-lekhak-2080.jpg

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा पेस गरिएको शिक्षासम्बन्धी विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । मंगलवर पार्टी संसदीय दलले सरोकारवाला निकायसँग छलफल गरी शिक्षकहरूले सरकारसँग गरेको ६ बुँदे सहमति र राहत शिक्षकहरूको मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्ने प्रतिबद्धता जनाएको हो । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सरोकारवाला निकायका विभिन्न २० वटा सङ्घ, संस्थाहरूले आफूहरूको माग सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए । 

सरोकारवाला निकायका मागलाई सम्बोधन हुने गरी सो विधेयक परिमार्जन गर्न प्रतिबद्धता पार्टीको तर्फबाट प्रतिबद्धता जनाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले सो विधेयकलाई समृद्ध बनाउनका लागि बुधवार (भोलि) अपराह्न १ बजे विज्ञहरूसँग पनि छलफल कार्यक्रम तय गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ