arrow

बलात्कारको आरोपपछि मोबाइल अफ गरेका एमाले वडाध्यक्ष पक्राउ, कानूनी लडाइँ लड्ने

षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
chabiramn-dhamala.JPG

काठमाडौं । नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका एक वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ परेका छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा पक्राउ परेका हुन् । 

वडाध्यक्ष धमला स्थानीय तहको दोस्रो निर्वाचनमा एमाले बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष धमलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो । धमलाविरुद्ध असोज ५ गते मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै धमला मोबाइल अफ गरेर सम्पर्कविहीन बनेका थिए । प्रहरीको खोजी सूचीमा रहेका धमलाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा षड्यन्त्र गरेर आफूलाई फसाइएको दाबी गर्दै आफैँ प्रहरी र अदालतमा हाजिर भएर कानूनी लडाइँ लड्ने प्रतिक्रिया दिएका थिए । 

पीडित महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार जिल्ला अदालतबाट पक्राउ गर्ने आदेश भएकोमा मङ्गलबार धमलालाई सिद्धिचरण नगरपालिकाबाट पक्राउ गरिएको हो । 

प्रहरीले पक्राउ परेका धमलालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ