arrow

कांग्रेस संसदीय दलको बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
congress-samsadiya-dal.JPG

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरु हुनेछ । 

मंगलबारबाट शुरु भएको बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ ।

हिजो छलफलमा नेपाल शिक्षक महासङ्घ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाल लगायतका संस्थाका प्रमुख र प्रतिनिधि सहभागी थिए ।

त्यस्तै छलफलमा सो पार्टीका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र सांसदहरू उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ