arrow

गोविन्दालाई गरिएको थियो गदरको अफर, निर्देशकले खुलाए वास्तविकता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
govinda-gadar.jpg

काठमाडौं । बलिउड अभिनेता सनी देवल र अमिषा पटेल स्टारर फिल्म ‘गदर २’ ले रिलिज भएको डेढ महिनापछि पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । 

अनिल शर्मा निर्देशित यो फिल्मले हालसम्म भारतीय बक्स अफिसमा ५४२.७५ करोड भारतीय रुपैयाँ  कलेक्सन गरिसकेको छ ।

 फिल्म 'गदर' को पहिलो भाग सन् २००१ मा रिलिज भएको थियो। फिल्मको सफलतासँगै दोस्रो भाग बनेको हो 

यसबैबीच बलिउड अभिनेता गोविन्दाले सन् २००१ मा आएको फिल्म ‘गदर’का लागि सन्नी देवलको ठाउँमा आफूलाई पहिलो पटक अफर गरिएको बताएका छन् । 

हालैको एक अन्तर्वार्तामा गोविन्दाले यस्तो बताएका हुन् । गोविन्दालेले फिल्म निर्देशक अनिल शर्मालाई यो फिल्मका लागि अस्वीकार गरेको समेत दाबी गरेका छन् । 

गोविन्दा भनाइपछि अनिल शर्मा गोविन्दाको दाबीलाई अस्वीकार गरेका छन् । उनले फिल्म शुरुदेखि नै सनी देवलको लागि तयार भएको बताएका छन् । 

गोविन्दालाई भेट्नुअघि नै सन्नी देवलको सम्झौता भइसकेको बताएका छन् । उनीहरू दुवैबीच सनी देवलको लागि गदरको कथा तयार भइसकेको कुरा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ