arrow

सनीको गदरमा गोविन्दाको दाबी, अनिलले भने- बिचरा बिर्सिएछन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
gadar2.JPG

काठमाडौं । हालैको एक अन्तर्वार्तामा बलिउड अभिनेता गोविन्दाले ‘गदर’का लागि पहिले आफूलाई अफर गरिएको दाबी गरेका थिए । उनले अन्तर्वार्तामा सन् २००१ मा आएको फिल्म ‘गदर’का लागि सन्नी देवलको ठाउँमा आफूलाई पहिलो पटक अफर गरिएको तर आफुले अस्वीकार गरेको सुनाएका थिए । उनले फिल्म निर्देशक अनिल शर्माले अफर गरेको तर आफैले नमाने समेत बताएका थिए । 


यो सुनेपछि निर्देशक अनिल शर्मा आक्रोशित बनेका छन् । उनले गोविन्दाको भनाइलाई खण्डन गर्दै बिचराको संज्ञा दिएका छन् । उनले फिल्म शुरुदेखि नै सनी देवलको लागि तयार भएको बताएका छन् । 

एक अन्तर्वार्तामा अनिलले भने गोविन्दासँग उनको कुराकानी हुनु अघि नै सनी देओललाई भूमिकाको लागि 'साइन र सील' गरिएको थियो। गोविन्दालाई भेट्नुअघि नै सनी देवलको सम्झौता भइसकेको अवस्थामा  गोविन्दाले यसो भन्नु कुरा नबुझेको हुन सक्छन् । 

सनी देवल र अमिषा पटेल स्टारर फिल्म ‘गदर २’ ले रिलिज भएको डेढ महिनापछि पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।  फिल्मले हालसम्म भारतीय बक्स अफिसमा ५४२.७५ करोड भारतीय रुपैयाँ  कलेक्सन गरिसकेको छ । फिल्म 'गदर' को पहिलो भाग सन् २००१ मा रिलिज भएको थियो। फिल्मको सफलतासँगै दोस्रो भाग बनेको हो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ