arrow

एमाले बागमतीको मतदान १ बजेबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
uml-bagmati.jpg

काठमाडौं । शुक्रबार बिहान १० बजेबाट शुरु हुने भनिएको नेकपा एमाले बागमती प्रदेश कमिटीको अधिवेशन दिउँसो १ बजेबाट हुने भएको छ । 

नेतृत्वका लागि विभिन्न दाउपेचका बीच मतदानको समय सरेको हो । अधिवेशनमा अध्यक्षका दाबेदार मध्ये दुई जनाबीच चुनाव हुने देखिएको छ । 

सानु श्रेष्ठ र केशव बुढाथोकीले उम्मेदवारी फिर्ता लिएपछि कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघोषित रूपमा कैलाश ढुङ्गेललाई बोकेर हिँडेका छन् भने अरू पदाधिकारी दाहालको पक्षमा रहेका छन् । 

मतदान पार्टी कार्यालय च्यासलमा हुने छ। उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ