arrow

शासकीय मानसिकता परिवर्तन नभएसम्म सङ्घीयता कार्यान्वयन हुँदैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
purna-bahadur-khadka-2080-10-11.jpg

काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म सङ्घीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सङ्घीयताको सफल कार्यान्वयनका लागि तीन वटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए । 

उनले  सङ्घीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐन र नियम बनाए पनि धेरै परिणाम नदिने उल्लेख गरे । उनले सङ्घीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वयनको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ