arrow

गृहसचिवले भने- स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
ministry-home-affairs.jpg

काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताएका छन् । शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताएका हुन् । 

उनले चिकित्सकहरुमाथी विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषिलाई कारबाही गरिने बताए । उनले चिकित्सकहरुका जायज माग सम्बोधन गर्न सरकार सधैँ तयार रहेको भन्दै वार्ता,संवादद्धारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रवन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी नभएको बताए । उनले स्वास्थ्यकर्मीमाथि भएका घटनाहरुमा प्रचलीत कानूनले दिएको सिमा र परिधिभित्र रहेर कानून बमोजिम कारबाही अघि बढाइएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ