arrow

भुवन केसीका छोरा अनमोललाई प्रहरीले गर्‍यो पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
anmol-kc-and-bhuwan-kc.png.png

काठमाडौँ । ठगी आरोपमा अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार साँझ  प्रहरीले भुवन केसीका छोरा अनमोललाई भक्तपुरको साँगा नजिक पक्राउ गरेको हो ।

भुवन केसी अहिले चलचित्र विकास बोर्डका अध्यक्ष रहेका छन्  ।   अनमोललाई भक्तपुरको साँगाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीको टोलीले पक्राउ गरेको हो । 

अनमोलमाथि १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । अनमोलले ‘रावायण’ फिल्मका लागि १० लाख अग्रीम रकम लिएर फिल्म साइन गरेका थिए । 

तर आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर फिल्म खेल्न आनाकानी गरेपछि  फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिएकी थिइन् । 

त्यसको आधारमा पक्राउ गरिएको स्रोतले जनाकारी दिएको छ । पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको उजुरीका आधारमा प्रहरीले यसअघि नै अनमोलविरुद्ध पक्राउ पुर्जी लिइसकेको थियो। 

निर्माता कटुवालले उजुरी दिएपछि अपराध अनुसन्धान कार्यालयले केसीलाई छलफलका लागि कार्यालयमा बोलाए पनि उनले अटेर गरेकाले पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ