arrow

एमाले बागमती प्रदेश

ओली निकट ढुङ्गेल बने अध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
kailash-dhungel-province-3-finance-minister.jpg

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट  कैलाश ढुङ्गेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । ढुङ्गेल एमाले प्रथम बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 
निर्वाचनमा पार्टी अध्यक्ष ओलीले अघोषित रूपमा ढुङ्गेललाई बोकेर हिँडेका थिए । 

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुङ्गेलले छ सय ९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले चार सय ३९ मत प्राप्त गरेका छन् । गत निर्वाचनमा मकवानपुरबाट उम्मेदवारी पाउने बेलामा राप्रपा नेपालका कमल थापालाई सघाएर दाहाललाई अन्याय गरेका थिए भने ओलीले अहिले ढुङ्गेललाई जिताएर दाहाललाई फेरि लडाएका छन् ।

निर्वाचनमा उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन्।

एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिएका छन् । 

अधिवेशनमा कूल प्रतिनिधि एक हजार एक सय ७२  रहेकामा एक हजार एक सय ३१ ले मतदानमा भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ