arrow

ओखलढुङ्गा कांग्रेसले अभिभावक मान्ने खनाल रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
nepali-congress-flag.jpg

ओखलढुङ्गा । ओखलढुङ्गा कांग्रेसका अभिभावक मानिने डिल्लीराम खनालको निधन भएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ ।  ७३ वर्षका खनाल आमाशयको ‘क्यान्सर’बाट पीडित थिए । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व उपसभापति, पूर्व महासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपूरणीय क्षति पुर्‍याएको छ । 

खनालका दुई छोरा, दुई छोरी छन् । 

दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

उनी हाल जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख  थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ