arrow

सेन्साईको दसैँ तिहार योजना बजारमा सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
cg-sensei-24-inch-tv-dashain-tihar-2023-2080.jpg

काठमाडौँ। जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेकट्रोनिक्स ब्राण्ड सेन्साईले नझिकिरहेको नेपालीहरूको चाड दसैँ तिहार २०८० लाई लक्षित गर्दै यो दसैँ-तिहार, हरेक दिन टिभी उपहारहरू नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। ग्राहकहरूले यो योजनाको लाभ भाद्र २७ गतेदेखि नेपाल भरी सीमित अवधिका लागि उठाउन सक्नेछन्।

यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात् लक्की ड्र मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरूले प्रत्येक दिन  सेन्साईको २४ इन्चको टिभी उपहार जित्न सक्नेछन्। सेन्साईका ग्राहकहरूले आफूलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नु पर्ने कम्पनीले जनाएको छ।

कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुविधा पनि प्रदान गरेको छ। त्यसै गरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले सिजी लोयल्टी क्लबूको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुर स्थित होटेल विभान्तामा २५५ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ। यी सुविधाका लागि ग्राहकहरूले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेकट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौँ बाहिर बनेपा, पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ