arrow

सिजी इलेकट्रोनिक्सले प्रमुख डिलरहरूलाई लग्यो दुबई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
cg-electronic-dealer-dubai-visit.jpg

काठमाडौँ। चौधरी ग्रुप अन्तर्गतको सिजी इलेकट्रोनिक्सले आफ्ना प्रमुख डिलरहरूलाई दुबई भ्रमण गराएको छ। पाँच दिनको उक्त वैदेशिक भ्रमणमा नेपालका प्रमुख डिलरहरूको सहभागिता रहेको थियो।

पोखराका न्यु साउण्ड एण्ड भिजनका प्रोप्राइटर मनोहर श्रेष्ठ तथा भ्रमण टोलीका सदस्यले भने, "सिजी इलेकट्रोनिक्स प्रति आभार व्यक्त गर्न चाहन्छु। यस्ता किसिमका भ्रमणहरूले डिलरहरूको मनोबल उच्च हुने तथा आगामी दिनहरूमा कम्पनीले यस्ता भ्रमणहरू निरन्तरता दिने कुरामा विश्वस्त छु"।

प्रत्येक वर्ष नेपालभरीका डिलरहरूलाई मनोरञ्जन प्रदान गर्नुको साथै ब्रान्डका प्रवर्द्धनको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले भनेको छ। परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सिजी इलेकट्रोनिक्सले आफ्ना डिलरहरूलाई दुबई भ्रमणमा लगिएको विज्ञप्तिमार्फत जनकारी गराएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ