arrow

प्रचण्ड प्रधानमन्त्री भए पनि सरकार कांग्रेस नेतृत्वकै हो :  दिलेन्द्र बडू

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
dilendra-prasad-badu.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रूपमा प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताएका छन् । आइतबार कांग्रेस रूपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताएका हुन् ।

 उनले अहिलेको सरकारको नेतृत्व नेपाली कांग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताए । उनले पछिल्लो सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको भन्दै अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिंसा रहेको बताए । 

उनले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न सकनौं भने कांग्रेसलाई जनताले नपत्याउने उल्लेख गरे । उनले गठबन्धनको कारणले पनि सरकारमा हुँदा काम गर्न अप्ठ्यारो हुने गरेको स्मरण गरे । उनले मुलुकको आर्थिक अवस्था जर्जर रहेको बताए । उनले मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक गइरहेका छन् तर सरकार हेरेर मात्रै बसेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ