arrow

अनमोल केसी तीन दिन थुनामा, सोमवार अदालतमा उपस्थित गराउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
anmol-kc-and-bhuwan-kc.png.png

काठमाडौं ।  अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

जिल्ला अदालत काठमाडौँले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । 

पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । 

अनमोललाई पुनः सोमवार अदालतमा उपस्थित गराउनुपर्छ । 

रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीबिरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ