arrow

जेलबाट छुटे अनमोल, खोजेको बेला पुग्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
anmol-kc-and-bhuwan-kc.png.png

काठमाडौँ ।  ठगीको आरोपमा पक्राउ परेका  अभिनेता अनमोल केसीलाई प्रहरीले छोडेको छ ।  अनमोललाई  उनका काका उज्ज्वल केसीको जिम्मामा प्रहरीले आइतबारै छोडेको हो । 
अनमोल हाजिर जमानीमा छुटेका हुन् । उनले खोजेको समय प्रहरीमा हाजिर हुनुपर्नेछ ।

काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार अनमोलको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

चलचित्र ‘रामायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ प्रहरीले पक्राउ गरेको थियो ।  पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले दिएको थियो । निर्माता सुप्रिया कटुवालले उजुरी दिएपछि उनी पक्राउ परेका थिए ।

भुवन केसीका छोरा रहेका अनमोललाई शुक्रबार साँझ  प्रहरीले भक्तपुरको साँगा नजिकबाट पक्राउ गरेको हो । भुवन केसी अहिले चलचित्र विकास बोर्डका अध्यक्ष रहेका छन्  ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ