arrow

शेयर बजार स्वस्थकर बनाउन जरुरी [भिडियो]   

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १५ सोमबार
prakashsaran-2080-06.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजार बिस्तारै बढ्दै जाने बताएका छन् । 

विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले शेयर मार्केट तल झर्नुमा रेगुलेशन र माइक्रो म्यानेजकमेण्टका केही समस्याहरु रहेको बताए ।

उनले शेयर बजारमा रहेको समस्या समाधानका लागि चाँडै नै समाधानका उपाय खोज्ने सुनाए  ।

मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्ने बताए । 

 अहिले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौति र जरुरी रहेको समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ