arrow

एमाले कर्णाली प्रदेश अध्यक्ष बने गुलावजंग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
gulab-jung-saha.JPG

कर्णाली । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी भएका छन् । शाहले तीन सय ६९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरे । अध्यक्षका प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे । 

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे । 

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भएका छन् । उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे । उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरे । 

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरिन् । उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए । प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ