arrow

ओली र एमसीसीका ग्लोबल सीईओबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
kp-oli-2080-04-09.jpg

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सीईओ) एलिस अलब्राइटबीच शिष्टाचार भेटवार्ता भएको छ । 

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उनीहरुबीच सोमबार एमसीसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको सहमतिअनुसार नै अगाडि बढाउनुपर्ने र निर्धारित समयमा नै एमसीसी परियोजना सक्नुपर्ने भनाइ राखे । 

एलिस अलब्राइटले एमसीसी कार्यान्वयनको तहमा पुगेको भन्दै निर्धारित समयमा नै एमसीसी परियोजना सक्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरेको नेता डा भट्टराईले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ